Thursday May 16, 2024
BS 2081 Jestha 3
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते

May 30, 2017 under National 834

काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । à¤¦à¥à¤°à¥à¤˜à¤Ÿà¤¨à¤¾à¤ªà¤›à¤¿ विमानमा आगो पनि लागेको थियो ।

तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Tagged: Nepal Army 11

No news.
Australian Dollar to Nepalese Rs